759 views 0 secs 0 comments

अन्ततः झुक्यो पाकिस्तान, कानुनमन्त्रीले दिए राजीनामा

In देश, विश्व
११ मंसिर २०७४, सोमबार १४:२४

एजेन्सी–पाकिस्तानका कानून मन्त्री जाहिद हामिदले राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री शाहिद खाकान अब्बासीलाई राजीनामा बुझाएका छन् । प्रधानमन्त्रीले पनि उनको राजीनामा स्वीकृत गरेका छन् ।

समाचारमा जनाइए अनुसार जाहिद हामिदको राजीनामाको लागि पाकिस्तानका कयौ धार्मिक संगठनका लगभग ३ हजार मानिसले २२ दिन देखि राजीनामाको माग गरेर धर्ना दिइरहेका थिए । तहरीक–ए–लब्बेक र तहरीक –ए–रसुलुल्लाह नामका संगठनले यसको नेतृत्व गरेका थिए ।

सरकारले चुनाव सुर्धानको लागि संसदमा जुन विद्ययक पेस गरेको थियो त्यसमा इस्लामका आधारभूत मान्यताका विरुद्ध रहेको भन्दै उनीहरुको सोको सुधारको माग थियो ।

पाकिस्तानी कानूनका अनुसार चुनावमा भागलिनको लागि कुनैपनि मुस्लिम उमेदवारले भन्नु पर्छ कि पैगम्बर मोहम्मद इस्लामका अन्तिम पैगम्बर हुन र अब उनीपछि कुनै अर्को पैगम्बर आउदैन ।

प्रर्दशनकारीहरुको भनाइ छ कि ‘शंसोधनका ेलागि पेश गरेको विद्येयकमा यो भनाइलाई उल्टाई पल्टाईएको छ । जसलाई उनीहरुले कुनैपनि हालतमा स्वीकार गर्ने छैनन् ।’

सरकारले यसलाई गल्ती भएको भनेर भूल सुधार गरेको छ । तर प्रर्दशनकारी यसकोलागि कानूनमन्त्रीलाई नै जिम्मेदार मानिरहेका थिए । र उनको राजीनामा मागिरहेका थिए । शनिबार जाहिद हामिदले एक घण्टासम्म पंजाबका मुख्यमन्त्री शाहबाज शरीफसंट भेटघाट गरेका थिए ।

जाहिदा हामिदले राजीनामा दिनुको कारण बारे भनेका छन् कि उनको चुनाव सुधार शंसोधन विद्येयकसंग कुनै सम्बन्ध छैन । यो सबै राजनीतिक पार्टीहरुको सहमतिमा ल्याएको विद्ययक हो ।