664 views 0 secs 0 comments

जिम्बाब्वेको नयाँ सरकारप्रति पनि नागरिक असन्तुष्ट

In विश्व
१५ मंसिर २०७४, शुक्रबार १३:२०

मंसिर १५ – जिम्बाब्वेका नयाँ राष्ट्रपति एमरसन मनाङगाग्वाले आफ्नो मन्त्रिपरिषदमा वरिष्ठ सैनिक अधिकारीहरुलाई महत्वपूर्ण जिम्मेवारी दिएका छन् । ३७ वर्ष सत्ता चलाएका राष्ट्रपति रोबर्ट मुगाबेले राजीनामा दिएपछि एक साता अघि मनाङगाग्वाले शपथग्रहण गरेका थिए ।

नयाँ सरकारमको विदेशमन्त्रीमा सैनिक जर्नेल सिबुसिसो मोयो नियुक्त भएका हुन् । उनले दुई हप्ताअघि सेनाले शक्ति लिएको सरकारी टेलिभिजनमा नाटकीय रुपमा घोषणा गरेका थिए ।

जिम्बाब्वेमा वायु सेनाका प्रमुख पेरेन्स सेरीलाई भूमि तथा कृषि मन्त्रालयको जिम्मेवारी दिइएको छ । नयाँ बनेको सरकारप्रति पनि नागरिक असन्तुष्ट रहेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।