
कार्तिक १७ ,नवलपुर ।
छिमेकी गाउँलेको मलाम गएका एक जना पुरुष नारायणी नदीमा वेपत्ता भएका छन् ।
कावासोती ७, साँढ निवासी ४० बर्षीय खेमनारायण महतो वेपत्ता भएका हुन् । कावासोती १३ घोसरघाटमा मलामी गएका उनी साथीहरुसँगै नारायणीमा पौडिएर नारायणी पार गर्ने क्रममा वेपत्ता भएका हुन् । उनको दिनभर खोजी कार्य गरे पनि फेला नगरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
उनलाई सशस्त्र प्रहरी, स्थानीय बासिन्दा, नेपाली सेना, नेपाल प्रहरी, निकुञ्जको हात्ती र डुंगा समेत लगाएर खोजे पनि फेला पर्न नसकेको प्रहरीले जनाएको छ ।