सिनेमा हलमा हिन्दी र अंग्रेजी फिल्मकै दबदबा

In मनोरञ्जन, विश्व
४ मंसिर २०७८, शनिबार १३:३४

हिन्दी चलचित्र नआएसम्म नेपाली चलचित्र चल्ला कि नचल्ला भनेर पर्खिरहेका निर्माताहरु त्यतिबेला छक्क परे, जतिबेला बलिउड चलचित्र ‘सूर्यवंशी’ले नेपाली सिनेमा हलबाट पैसा मज्जाले उठायो ।
अहिले अधिकांश निर्माताहरु दशैंमा चलचित्र रिलिज नगर्नु गल्ती भएको बताउन थालेका छन् । तर, दशैं र तिहारजस्ता ठूला चाडपर्व यस वर्षका लागि बिदा भइसकेका छन् ।
अहिले मल्टिप्लेक्समा नेपाली चलचित्रको टिकट खोज्न जाने दर्शक हलमा कुनै पनि चलचित्र नदेखेर छक्क पर्नुपर्ने अवस्था छ । कारण, चलचित्र ‘डाँडाको वर पीपल’पछि मल्टिप्लेक्समा कुनै पनि नेपाली चलचित्र चलेका छैनन् । यो क्रम अझै केही समय रहने देखिएको छ ।
मंसिर १६ गतेबाट चलचित्र ‘ओभरडोज’ रिलिज हुँदैछ । तर, नेपाली चलचित्रको उपस्थिति बलियो रुपमा हलमा हेर्नका लागि पुस २ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘चपली हाइट ३’लाई नै कुर्नुपर्ने हुन्छ ।