आगामी पुष २८ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै फिल्म ‘रज्जा रानी’को टीजर सार्वजनिक भएको छ । नायक नाजिर हुसेनलाई प्रस्तुत गर्दै रज्जा रानीको टीजर सार्वजनिक गरिएको हो । नायक आर्यन सिग्देलको होम प्रोडक्शन हाउसबाट निर्मित यो फिल्मलाई याम थापाले निर्देशन गरेका हुन् । फिल्मको कथा निर्देशक थापा आफैको हो ।
सानो भेगको जनजाति कथामाथि निर्माण भएको फिल्मलाई रमेश एमके पौडेलले निर्माण गरेका हुन् । फिल्ममा ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।
फिल्ममा केकी अधिकारी, नाजिर हुसेन, कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य, अनुज थापा लगायतका कलाकारहरुको अभिनय छ ।