36 views 1 sec 0 comments

बालिकालाई बलात्कार गरेको आरोपमा एक जना लाई प्रहरीले पक्राउ गरेको छ

In समाज
१५ कार्तिक २०८०, बुधबार ०८:१४

 

१५ कार्तिक, काठमाडौँ।

बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले मंगलबार साँझ पक्राउ गरेको हो।

हल्दीबारी गाउँपालिका-४ मा बस्ने ४५ वर्षीय डिल्लीकुमार श्रेष्ठ पक्राउ परेका हुन्।

श्रेष्ठले सोमबार राति घरमा कोही नभएको बेला बालिकालाई बलात्कार गरेको उजुरी परेको थियो। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।