9 views 0 secs 0 comments

आफ्नै घर हेर्दै डराउँदै

In देश, समाज
१९ कार्तिक २०८०, आईतवार ०३:३९

१९ कार्तिक, काठमाडौं।

शुक्रबार मध्यराति ११:४७ बजे गएको भूकम्पले जाजरकोटको बारेकोट गाउँपालिकाका अधिकांश घरहरू क्षतविक्षत छन्।

मध्यरातमा ६.४ म्याग्नेच्युडको शक्तिशाली भूकम्पले बारेकोट-१ लाई केन्द्रबिन्दु बनाएपनि त्यहाँ कुनै मानवीय क्षति भने भएन।

तर गाउँपालिकामा रहेका झन्डै ३५ सय घरहरूमध्ये कुनैपनि घर बस्नयोग्य रहेन।

बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले ८० प्रतिशत घरहरू पुननिर्माण गर्नुपर्ने अवस्थामा रहेको जानकारी दिए। अन्य घरहरूमा पनि उच्च जोखिममा रहेको उनले बताए।

शुक्रबार मध्यरातिको भूकम्पले तर्सिएका स्थानीय अहिले घरको वरिपरि समेत जान डराएका छन्।