723 views 0 secs 0 comments

लागु औषध चरेस सहित एक जना प्रक्राउ

In देश, समाज
१२ मंसिर २०७४, मंगलवार १५:३३

सुर्खेत, १२ मंसिर – सुर्खेतको इलाका प्रहरी कार्यालय छिन्चुले लागु औषध चरेस सहित एक जनालाई प्रक्राउ गरेको जनाएको छ ।
चेक जाँचको क्रममा आइतबार दिउँसो ६ किलो २ सय ५० ग्राम चरेस सहित नेपालगंज उप–महानगरपालिका –३ राँझाका सुर्य शाहलाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बाटोमा हिडिरहेको बेला शंका लागेर चेकजाँच गर्दा शाहको झोलाबाट चरेस बरामद भएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रहरी निरिक्षक मधुसुधन न्यौपानेले बताउनुभयो ।
शाहलाई इलाका प्रहरी कार्यालय छिन्चुमै राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको न्यौपानेले बताउनुभयो ।