827 views 0 secs 0 comments

युएईको राष्ट्रिय दिवसमा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कडा कारवाही

In देश, विश्व, समाज
१२ मंसिर २०७४, मंगलवार १५:३४

मंसिर १२ – दुवई प्रहरीले युएईको राष्ट्रिय दिवसको अवसरमा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई २ हजार दिर्हामसम्म जरिवाना गर्ने चेतावानी दिएको छ ।

डिसेम्बर २ अथवा मंसिर १६ गते युएईले ४६ औं राष्ट्रिय दिवस मनाउँदै छ । दिवसको अवसरमा हुने दुर्घट्ना र ट्राफिक जामलाई मध्यनजर गर्दै त्यही अनुसार तयारी गरिरहेको प्रहरीले जनाएको छ ।

दिवस सबैले शान्त र खुसी साथ मनाउनका लागि ट्राफिक जाम हटाउने र सवारी चालकका कारण आउने समस्यालाई समाधान गर्ने उद्देश्यले यस्तो नियम ल्याएको प्रहरीको भनाइ छ ।

राष्ट्रिय दिवसको अवसरमा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई यस्तो कारवाही

१‍. असुरक्षित रुपमा सवारी चलाएमा २ हजार दिर्हाम जरिवाना, २३ वटा व्याल्क प्वाइन्ट र ६० दिनसम्म सवारीसाधन जफत गरिने छ । बिना कारण बिच सडकमा सवारी रोकेमा १ हजार दिर्हाम जरिवाना र ६ वटा व्याल्क प्वाइन्ट दिइनेछ ।

२ . पुरानो र ध्वनी प्रदुषण गर्ने सवारी चलाएमा २ हजार जरिवाना र १२ वटा ट्राफिक प्वाइन्ट दिनेछ । अनुमती बिना सवारीमा पोस्टर टाँसेर वा विभिन्न प्रचारका कुरा लेखेर चलाएमा ५ सय दिर्हाम जरिवाना र ४ व्याल्क प्वाइन्ट दिइनेछ ।

३ . हर्न बजाएमा वा अरुलाई असर गर्ने खालको आवाज निकालेर चलाएमा ४ सय दिर्हाम जरिवाना र ४ वटा व्याल्क प्वाइन्ट दिइनेछ । ट्राफिक संकेतको पालना नगरी सवारी चलाएमा ४ सय दिर्हाम जरिवाना र ४ वटा व्याल्क प्वाइन्ट दिइनेछ ।

४ . गाडीबाट फोहोर फालेमा १ हजार दिर्हाम जरिवाना र ६ वटा व्याल्क प्वाइन्ट दिइनेछ ।

साथै, दिवसकै अवसरमा दुवईमा चार दिन पार्किङ् निःशुल्क हुने भएको छ । आउँदो ३० नोभेम्बरदेखि ३ डिसेम्बरसम्म पार्किङ शुल्क नलाग्ने दुवई प्रहरीले जनाएको छ ।