680 views 0 secs 0 comments

डोल्पामा हिमपात रोक्न हिउँमै बसेर लामा पूजा…

In देश
६ माघ २०७६, सोमबार १०:३९

उपल्लो डोल्पाको पुग्मो गाउँमा निरन्तर परिरहेको हिमपात  रोक्न स्थानीयले हिउँमै बसेर लामा पूजा गरेका छन् । 
तीन दिनसम्म हिउँ पर्न नरोकिएपछि हिउँको थुप्रोमै बसेर लामा पूजा गरिएको शे–फोक्सुण्डो गाउँपालिका–९ पुग्मोका स्थानीय रिग्जिन बैजीले जानकारी दिए । 
‘हिउँ पर्न रोकिएर घाम लागोस्’ भनेर पुग्मो गाउँका स्थानीयले सामूहिक पूजा सम्पन्न गरेको र केहीमात्रामा हिउँ पर्न रोकिएको उनले बताए । हिमपहिरो खस्दा अन्नबाली तथा जनधनको समेत क्षति हुने गर्दछ । 
हिमपातका कारण उपल्लो डोल्पामा पाँच फिटसम्म हिउँ जमेको र घरबाहिर निष्कनसमेत कठिन भएको स्थानीयले जनाएका छन् ।