
मिक्लाजुङ गाउपाँलिकाकाे रमितेमा आइतबार राति बम विस्फाेट भएको छ ।
निर्माणाधीन मिक्लाजुङ–आइतबारे सडक निर्माणका लागि राखिएका ३ वटा एक्स्काभेटरमा विस्फाेट भएकाे भन्ने जानकारी प्राप्त भएकाे मिक्लाजुङ गाउँपालिकाकी उपाध्यक्ष राईले जानकारी दिनुभयाे । प्रदेश नम्बर १ सरकारले ५८ करोड ५६ लाख रुपैयाँ बजेटमा ठेक्का स्वीकृत गरेर सडक कालो पत्रे गर्ने क्रम जारी रहेको थियो । सडक चौडा गर्दै सुके आहालको साकेला मेला लाग्ने ठाउँमा पुगेको तीन वटा एक्स्काभेटरमा बम हानेर ध्वस्त पारिएकाे जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । विस्फाेट कसले र किन गरेकाे भन्ने बारे खुल्न सकेको छैन ।