
सडक निर्माण थालिएको लामो समय बितिसक्दा पनि कालोपत्रे नगरेको भन्दै बौद्धवासी आन्दोलित भएका हुन् । स्थानीयवासी र व्यवसायीले यो पटक ढल निर्माण गनुैपर्ने माग राखेका छन् । मंगलबार बिहान उनीहरुले केही घन्टा यातायात समेत अबरुद्ध पारे ।
‘ढलको पानी घरभित्रै पस्ने समस्या छ । पिच पनि अहिलेसम्म भएको छैन’, एक स्थानीयले भने । यसअघि २६ वैशाखमा पनि सडक कालोपत्रे गर्न माग गर्दै भएको प्रदर्शनका क्रममा प्रहरी र स्थानीयबीच झडप भएको थियो । तत्काल सडक मर्मत गर्ने सहमतिपछि आन्दोलन मत्थर पारिएको थियो ।