622 views 0 secs 0 comments

सरदर तीन जनाले गुमाउछन् विष सेवनबाट ज्यान…

In देश, स्वास्थ्य/जीवनशैली
२१ श्रावण २०७६, मंगलवार १४:१०

नेपालमा पछिल्लो समय आत्महत्या गर्नेको संख्या दिनहुँ बढिरहेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार दैनिक सरदर विष सेवनले मात्र तीन जनाको ज्यान जाने गरेको छ। प्रहरी प्रधान कार्यालयका प्रहरी प्रवक्ता तथा डीआइजी विश्वराज पोखरेलका अनुसार पछिल्लो ६ वर्षमा ७ हजार ४ सय ८१ जनाको विषले ज्यान गएको छ। उनले अघिल्लो आर्थिक वर्षमा  मात्र १ हजार ३ सय २० जनाले विष सेवनबाट ज्यान गुमाएको बताए।पछिल्लो समय मानिसको बदलिँदो जीवनशैलीका कारण पनि विष सेवनले ज्यान गुमाउने गरेको प्रहरी प्रवक्ता पोखरेलको भनाइ छ। उनले भने,‘सफलताको तीव्र आकांक्षामा असफल भएपछि मानिसले आत्महत्याको बाटो रोज्ने गरेका छन्। जसमा विष सेवनको प्रयोग प्राय हुने गरेको छ।’ उनका अनुसार युवा पुस्ताले प्रेम सम्बन्धमा दरार आउँदा अप्रिय निर्णय लिने क्रममा विषको प्रयोग गर्ने गरेको छन्।