788 views 0 secs 0 comments

आजको विदेशी मुद्राको विनिमयदर…

In विश्व
६ माघ २०७६, सोमबार १०:२९

नेपाल राष्ट्र बैंकले सोमबार (माघ ६) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ०४ पैसा रहेको छ । 
यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ८० पैसा र बिक्रीदर १२६ रुपैयाँ ४७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ४२ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९७ पैसा र बिक्रीदर २८ रुपैयाँ १२ पैसा रहेको छ।  
यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३१ रुपैयाँ २४ पैसा रहेको छ । 
र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०५ पैसा रहेको छ ।