
१८ कार्तिक , काठमाण्डौं ।
पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएको भूकम्पमा परेर कम्तीमा १३६ जनाको ज्यान गएको छ । हालसम्म जाजरकोटभूकम्पमा मृत्यु हुनेको संख्या १३८ पुगेको हो । नेपाल प्रहरीका अनुसार जाजरकोटमा १०० जना र रुकुम पश्चिममा ३८ जनाको मृत्युभएको छ । यद्यपि स्थानीय तहहरुले संकलन गरेको विवरण केही बढी पनि देखिएको छ । नेपाल प्रहरीले दिउँसो २ बजेसम्म संकलनगरेको विवरण अनुसार घाइतेको संख्या १६६ छ । जसमध्ये जाजरकोटमा ८१ र रुकुमपश्चिममा ८५ रहेका छन् । शुक्रबार राति ११ बजेर४७ मिनेट जाँदा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । स्थानीयसमय अनुसार राति ११ः४७ मिनेटमा गएको सो भूकम्पको धक्का राजधानी काठमाडौंमा पनि महसुस गरिएको थियो । त्यसबाहेकछिमेकी भारतको दिल्लीसहित कतिपय सहरहरूमा पनि उक्त भूकम्पलाई महसुस गरिएको थियो ।
उद्धार कार्यमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका अधिकारीहरू खटिएका छन् भने हेलिकोप्टरसमेत परिचालन गरिएको छ ।अमेरिकी निकाय यूएसजीएसले उक्त भूकम्पको केन्द्रबिन्दु जुम्लाभन्दा ४२ किलोमिटर दक्षिण रहेको र त्यसको म्यागनिच्यूड ५.६ रहेकोजनाएको छ । सन् २०१५ मा नेपालमा गएको विनाशकारी भूकम्पपछि सबैभन्दा घातक भुइँचालोका रूपमा शुक्रवार रातिको भूकम्पलाईलिइएको छ । सरकारले पश्चिम नेपालका पश्चिम रुकुम र जाजरकोटमा आएको विनासकारी भूकम्प प्रभावितको खोज, उद्धार र राहतव्यवस्थापनका लागि तत्काल १० करोड रुपैयाँ पठाउने निर्णय गरेको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामाबसेको बैठकले भूकम्प प्रभावित दुवै जिल्लामा जनही ५ः५ करोड रुपैया पठाउने निर्णय भएको हो । गृह मन्त्रालयका सूचना अधिकारीउमाकान्त अधिकारीका अनुसार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत हाललाई उक्त रकम पठाउने निर्णयभएको हो । उक्त रकम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत खर्च हुने छ ।
सूचना अधिकारी अधिकारीका अनुसार हालसम्म जाजरकोटमा ९५ र पश्चिम रुकुममा ४३ जनाको मृत्यु भएको पुष्टि भएको छ । त्यस्तैजाजरकोटमा १ सय ५० र रुकुममा १ सय ४४ जना घाइते भएका छन् । घाइतेमध्ये सुर्खेतमा १५ र नेपालगञ्जमा १९ जनाको उपचारभइरहेको गृह मन्त्रालयले जनाएको छ । शुक्रबार राति आएको विनासकारी भूकम्पबाट क्षति भएको स्थानमा खोज÷उद्धार र राहतव्यवस्थापनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितका संयन्त्र खटिएका छन् । गत वर्षको माघ महिना यता पश्चिम नेपालकातीन जिल्लामा केन्द्रबिन्दु भएर ठुला भूकम्पहरू गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बाजुरा, बझाङ र जाजरकोटकेन्द्रबिन्दु भएर ५ वा सोभन्दा माथिका भूकम्पहरू गएका हुन् ।
पश्चिम नेपालमा लगातार ठुला भूकम्प
गत २०७९ माघ १० गते बाजुरा केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो भने २०८० वैशाख १४ गते पुनः सोही जिल्लामा५.९ म्याग्निच्युडको अर्को भूकम्प गएको थियो ।
त्यसपछि बझाङ केन्द्रबिन्दु भएर लगातार ठुला भूकम्पहरू गए । २०८० असोज १६ गते एकै दिन ६.३ म्याग्निच्युड र ५.३ म्याग्निच्युडकोभूकम्प गएको थियो । त्यसको चार दिनपछि पुनः ५.३ म्याग्निच्युडको अर्को भूकम्प गयो । यसबिचमा ५ वा सोभन्दा बढीका थपपरकम्पहरू गएका थिए । कार्तिक ५ गते मध्य नेपालको धादिङ केन्द्रबिन्दु भएर ६।१ म्याग्निच्युडको भूकम्प गएको थियो । सोही दिन५.१ म्याग्निच्युडको अर्को भूकम्प गयो । त्यसपछि यस क्षेत्रमा लगातार परकम्पहरू गएका थिए ।
हिजो शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर अर्को ठुलो भूकम्प गएको छ । हिजोको भूकम्पको तीव्रता ६.४ म्याग्निच्युडको रहेको थियो ।ठुलो भूकम्पपछि त्यहाँ पनि लगातार परकम्पहरू गइरहेका छन् । पश्चिम नेपालमा लामो समयदेखि भूकम्प नगएका कारण त्यहाँभूकम्पको ठुलो जोखिम रहेको विज्ञहरूले बताउँदै आएका थिए । पछिल्लो समय धेरै भूकम्पहरू सोही क्षेत्रमा केन्द्रित रहेको देखिन्छ ।यी ठुला भूकम्पबाहेक पश्चिम नेपालका अन्य जिल्लाहरूमा ४ देखि ५ म्याग्निच्युडबिचका भूकम्पहरू गएको देखिन्छ । दार्चुला, बाग्लुङ, कास्की, हुम्ला, लम्जुङ, रुकुम पूर्व, गोरखा, मुगु, दैलेख र अछाममा स–साना भूकम्पहरू गइरहेको भूकम्प मापन केन्द्रको तथ्याङ्कमाउल्लेख छ ।
राहत र उद्धारमा हातेमालो गर्न प्रधानमन्त्रीको अपिल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्प पीडितको राहत र उद्धारमा सहकार्य र हातेमालोका लागि अपिल गरेका छन् । हालभूकम्प प्रभावित जिल्लाको निरीक्षणमा रहेका प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज लगायत सबैमाअपिल गरेका हुन् ।उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिजो राति गएको विनासकारी भूकम्पको क्षति बुझ्न, पीडितका पीडा रअनुभूतिहरू सुन्न, घाइतेहरूको उद्दार र पीडितको राहतका निम्ति प्रभावित क्षेत्रमा छु। पीडितलाई राहत र पुनर्स्थापना एवं घाइतेहरूकोउपचारका लागि सरकार गम्भीर रहेको जानकारी गराउँदै यस कार्यमा सहकार्य र हातेमालोका लागि सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज लगायत सबैमा हार्दिक अपील गर्दछु।’
मोदीद्वारा दुःख व्यक्त
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भूकम्पले पुर्याएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन् । ‘यो दुःखकोघडीमा भारत नेपालसँगै छ र सक्दो सबै सहयोग गर्न तयार छ,” मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन् । शोकसन्तप्तपरिवारप्रति समवेदना प्रकट गर्दै उनले घाइतेहरूको शीघ्र स्वास्थलाभको कामना पनि गरेका छन् ।
पाकिस्तानको सद्भावना सन्देश
पाकिस्तानका कार्यवाहक प्रधानमन्त्री अनवार(उल(हक काकड ले नेपालमा भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख र शोकव्यक्त गरेका छन् । एशोसिएटेड प्रेस अफ पाकिस्तानले जनाएअनुसार उनले सामाजिक सञ्जालको वेबसाइट एक्स (पहिलेको ट्विटर)माराखेका सन्देशमा भनिएको छ, ‘नेपालमा अमूल्य जीउधनको नोक्सान हुने गरी गएको भूकम्पबाट प्रभावितहरू हाम्रो मन र प्राथर्नाहरूमाछन् । उनले भनेका छन्, ‘यस्तो अप्ठ्यारो समयमा पाकिस्तान नेपालको साथमा छ र जे जस्तो सहायता आवश्यक पर्छ त्यसका लागितयार छ ।