728 views 0 secs 0 comments

आज सुनको भाउ आज भने ७ सय रुपैयाँले घटेर प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार…

In देश
२४ भाद्र २०७६, मंगलवार १२:०७

पछिल्लो समय लगातार बढेको सुनको भाउ आज भने ह्वात्तै घटेको छ । हिजो सोमबार प्रतितोला २ सय रुपैयाँ बढेको सुनको भाउ आज भने ७ सय रुपैयाँ घटेको छ ।
आज छापावाल सुन प्रतितोला ७१ हजार तथा तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार छापावाल सुन प्रतितोला ७१ हजार ७ सय तथा तेजावी सुन ७१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
आज सुनको भाउसँगै चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला ८ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ। सोमबार चाँदी ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो।