357 views 0 secs 0 comments

बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डमा आगलागी…

In देश
५ पुष २०७८, सोमबार १६:४६

राजधानीको बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डमा आगलागी भएको छ । दिउँसो विद्युत सर्ट भएर आगलागी भएको हो।
इन्द्रेणी फुडल्याण्डका निर्देशक विमुक्ति चापागाईंले विद्युत सर्ट भएर आगलागी भएको जानकारी दिँदै आगो निभाउन दमकल घटनास्थलमा आइपुगेको बताए । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार फुडल्याण्डको जीमहलमा आगो लागेको हो । अहिले आगो निभाउने प्रयास भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ताले बताए ।