236 views 0 secs 0 comments

कलङ्की, बल्खु, कोटेश्वर र गोङ्गबुमा एक महिनासम्म कोरोनाविरुद्धको खोप लगाउन पाइने…

In देश
७ मंसिर २०७८, मंगलवार १३:५२

काठमाण्डौसँग जोडिएका मुख्य चार नाका कलङ्की, बल्खु, कोटेश्वर र गोङ्गबुमा एक महिनासम्म कोरोनाविरुद्धको खोप लगाउन पाइने छ ।
अस्तिदेखि सुरु भएको खोप कार्यक्रम आउँदो पुस ५ गतेसम्म चल्ने काठमाण्डौ महानगरपालिकाले जनाएको छ । यी क्षेत्रमा रहेका खोप केन्द्रमा १८ वर्ष उमेर पूरा भएका सबै नागरिकले खोप लगाउन पाउने छन् । खोप लगाउन जाँदा उमेर खुलेको प्रमाण पत्र भने लैजानु पर्नेछ ।
काठमाण्डौ महानगरपालिका स्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले चारवटै खोप केन्द्रबाट भेरोसेल, कोभिसिल्ड/एस्ट्राजेनेका खोप दिइने जानकारी दिनुभयो । उहाँका अनुसार योसँगै महानगरका ३२ वटै वडामा तोकिएको खोप केन्द्रबाट आज र भोलि कोभिडविरुद्धको पहिलो र दोस्रो मात्राको खोप कार्यक्रम सञ्चालन गरिँदैछ ।