209 views 0 secs 0 comments

पछिल्लो २४ घण्टामा देशभर घटेका विपद्का घटनाहरूको विवरण सार्वजनिक…

In देश
११ मंसिर २०७८, शनिबार १४:५९

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो २४ घण्टामा देशभर घटेका विपद्का घटनाहरूको विवरण सार्वजनिक गरेको छ । प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा विपद्को घटनामा परी एक जनाको मृत्यु भएको छ भने २९ लाख ३७ हजार बराबरको क्षति भएको छ ।
मेचीनगर नगरपालिका–१४ शनिबारेस्थित चिया बगानमा चिया टिपिरहेका ६० वर्षीय पुरुषको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको हो ।
यसैगरी, देशभर विभिन्न स्थानमा भएको आगलागीबाट धनमाल जलेर नष्ट हुँदा लाखौँको क्षति भएको प्राधिकरणले जनाएको छ ।