सिन्धुली : सिन्धुलीको तिनपाटन गाँउपालिका– ५ लंगुरस्थित अधेरीको उकालोमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
सिन्धुलीबाट लंगुर छबिसे स्कुलको पाइप र सिमेन्ट बोकेर गएको ना ५ त ५०२५ नम्बरको न्यु होल्याण्ड ट्याक्टर दुर्घटना हुँदा अन्दाजी ४० वर्षको एक पुरुषको मृत्यु भएको सिन्धुलीका प्हरी नायव उपरीक्षक विनोदराज शर्माले बताए।
मृतकको सनाखत हुन सकेको छैन्। मंगलबार साँझ सिन्धुलीबाट भारी लोड बोकेर हिडेको उक्त ट्याक्टर उकालोमा उक्लिन नसके पछि ओटलाउने क्रममा ट्याक्टरको सह चालकलाई चक्काले किचेर मृत्यु भएको हुनसक्ने प्रहरीको भनाई छ।
दुर्घटना पछि ट्याक्टरको चालक फरार रहेकाले के कारणले दुर्घटना भएको हो भन्ने थाहा पाउन नसकिएको बताइएको छ। प्रहरीले चालकको खोजीकार्य गरीरहेको र घटनाबारे अनुसन्धान थालेको जनाएको छ।