644 views 0 secs 0 comments

अवैध सम्बन्धबाट जन्मिएको शिशु मारेको अभियोगमा देवर-भाउजू पक्राउ

In देश, राजनीति, समाज
१३ मंसिर २०७४, बुधबार १५:४५

नुवाकोट: अवैध सम्बन्धबाट जन्मिएको बच्चा मारेर फालेको अभियोगमा प्रहरीले नुवाकोटको तारुकाका देवर/भाउजुलाई पक्राउ गरेको छ। दुबैलाई विदुरस्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।

सदरमुकाम बिदुरदेखि २५ किलोमिटर दक्षिणमा रहेको तारकेश्वर गाउँपालिका वडा नं. २ तारुकाका एक महिला र उनका देवरले अवैध सम्बन्धबाट जन्मिएकी छोरीलाई मारेर फालेको अभियोगमा बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक कैलाश भट्टराइले जानकारी दिए।

उनीहरुले नवजात छोरीलाई मारेर मलकुण्डमा गाडेको भेटिएको थियो। ति महिलाका श्रीमान रोजगारका लागि विदेशमा छन्।