
२२ कार्तिक, काठमाडौँ।
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
गुल्मी ईस्मा गाउँपालिका-६ बस्ने २६ वर्षीय जिज्ञाश दाहाल पक्राउ परेका हुन्।
उनलाई जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएका टोलीले मंगलबार साँझ पक्राउ गरेको हो।
तानसेन नगरपालिका-८ तल्लो डुम्रे बस्दै आएकी किशोरीमाथि दाहालले बलात्कार गरेको उजुरी थियो। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।