
२२ कार्तिक , काठमाण्डौ ।
चिनिया राजदुत छन् सङले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जाजरकोट र पश्चिम रूकुमका भूकम्प पीडितका लागि राहतसामग्री हस्तान्तरण गरेका छन्।
चीन सरकारले पठाएको राहत सामग्री बुधबार बिहान पोखरा विमानस्थलमा राजदूत सङले उपप्रधानमन्त्री श्रेष्ठलाई हस्तान्तरण गरेकाहुन्।
विमानस्थलमा चिनियाँ सेनाको दुईवटा एयरक्राफ्टमार्फत झन्डै ३० करोड मुल्य बराबरको सामग्री ल्याइएको थियो।
उक्त सामग्री बुझेपछि उपप्रधानमन्त्री श्रेष्ठले त्यसका लागि चिनियाँ सरकारप्रति कृतज्ञता जाहेर गरे।
नेपाल र चीन ऐतिहासिक मित्रदेश भएको, दुबै मुलुक एकअर्काको दु:खमा साथमा रहेको र यो द्रुत सहयोगले त्यसलाई अझ प्रमाणितगरेको उपप्रधानमन्त्री श्रेष्ठले बताएका छन ।