
खोटाङको बामराङमा विद्युत सर्ट भएर आगलागी भएको छ ।
आगलागीबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बामराङ बस्ने गोपी कटवालको घरमा क्षति पुगेको हो । मंगलबार बिहान आगलागी हुँदा घर तथा विभिन्न सामान जलेर करिब ५० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।