521 views 0 secs 0 comments

डडेल्धुरामा पनि डेङ्गु रोगका बिरामी भेटिए…

In समाज
२९ भाद्र २०७६, आईतवार १३:३५

डडेल्धुरा पनि डेङ्गु रोगका एक जना बिरामी भेटिएका छन्। बझाङको बुङ्गल नगरपालिका–५ का १२ वर्षीय सुरेश बोहरालाई परीक्षण गर्दा डेङ्गु पोजेटिभ देखिएको डडेल्धुरा अस्पतालले जनाएको छ।
उपचारका लागि डडेल्धुरा ल्याइएका उनलाई डेङ्गुको लक्षण देखापरेकाले परीक्षण गर्दा डेङ्गु देखापरेको अस्पतालका डा जीवन खरेलले बताए।
‘लगातार १० दिनसम्म ज्वरो आएको, आँखाको नानी दुख्ने, पिसाबमा रातो रगत जस्तो आदि लक्षण देखिएको थियो’, उनले भने, ‘मिल्दो जुल्दो लक्षण देखिएकाले उनलाई परीक्षण गरिँदा डेङ्गु भेटिएको अस्पतालका ल्याब इञ्चार्ज ईश्वरी भुसालले बताए। स्क्रब टाइफस रोग पनि दिनप्रतिदिन बढी रहेको छ।’
डडेल्धुरा अस्पतालमा अहिले दैनिक २५ जनादेखि ३० जनामा स्क्रब टाइफसको लक्षण देखापरेका बिरामी आउन थालेका छन्। दैनिक उपचारमा आउने बिरामीमा प्राय स्क्रब टाइफसका लक्षण देखिने गरेको डडेल्धुरा अस्पतालका डा जीवन खरेलले बताए।