
गएराति कपिलवस्तुमा एकदमै दुखद घटना भएको छ । वाणगंगा नगरपालिकाको कोपवामा गएराति भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । ५ जना घाइतेमध्ये २ जना, वाणगंगा १ का १७ वर्षीय जय ज्ञवाली र सोही ठाउँका १५ वर्षीय मनिस परिवार गम्भीर घाइते भएका छन्।
उनिहरुलाइ उपचारका लागि बुटवल पठाइएको र अन्य ३ जना घाइतेको सामुदायिक कपिलवस्तुमा अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। जितपुरबाट कोपवातर्फ गएको लु ३ त ७२७२ नम्बरको ट्याक्टर कोपवा सडकखण्डमा अनियन्त्रित भई पल्टिएको थियो ।
दुर्घटनामा ट्याक्टर चालक वाणगंगा नगरपालिका वडा नं. १ उप्टहवाका ३५ वर्षीय रामु थारु र १५ वर्षीय रन्जित बोटे माझीको मृत्यु भएको छ । त्यसैगरी गएराती चितवनमा पनि दुइ २ जनाको ज्यान गएको छ ।