478 views 0 secs 0 comments

जंगली हात्तीको आक्रमणबाट चितवनमा बाबु–छोराको मृत्यु…

In समाज
३० कार्तिक २०७६, शनिबार १५:४६

जंगली हात्तीको आक्रमणबाट चितवनमा बाबु–छोराको मृत्यु भएको छ ।
लु३१प २९११ नंको मोटरसाइकलमा सवार माडी नगरपालिका– १, बरुवाका ६० वर्षीय बाबुराम पौडेल र उनका ३५ वर्षीय छोरा राजु पौडेलको शनिबार बिहान जंगली हात्तीको आक्रमणबाट ज्यान गएको हो ।

इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरिक्षक हर्कबहादुर विश्वकर्माले मोटरसाइकलमा निकुञ्जको बाटो हुँदै माडीबाट बाँदरझुलातर्फ गइरहेका बाबु–छोराको गर्दामाडी नगरपालिका–९, पुरानो अम्बुबा पोष्टनजिकै हात्तीले आक्रमण गर्दा ज्यान गएको जानकारी दिए ।
प्रहरीका अनुसार हात्तीले एक रात्रिबस र बलेरोलाई सोही स्थानमा आक्रमण प्रयास गरेको थियो । यद्यपि, दुवै सवारी आक्रमणबाट जोगिएका थिए ।