
भालुको आक्रमणमा परी एक युवक घाइते भएका छन् । घाइते हुनेमा जिल्लाको त्रिवेणी नगरपालिका–९ बाँगापाटाका ३३ वर्षीय दीर्घबहादुर थापा रहेका छन् । आज बिहान गाउँमाथिको खोया लेकमा पशुचौपायाका लागि घाँस काट्न गएको समयमा भालुले आक्रमण गरी थापालाई गम्भीर घाइते बनाएको स्थानीय प्रेमबहादुर सार्कीले जानकारी दिनुभयो । घाइते थापा आक्रमणलगत्तै कराएपछि नजिकै रहेका स्थानीय गोठालाले जानकारी पाएपछि भालुलाई भगाएर बचाउन सफल भएका सार्कीले बताउनुभयो ।