698 views 0 secs 0 comments

अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते…

In समाज
१८ फाल्गुन २०७६, आईतवार १२:२३

महोत्तरीको मनरासिस्वा गाउँपालिकामा अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते भएका छन् । 
आइतबार राति २ बजे शौचालय गएका मनरासिस्वा गाउँपालिका वडा नं ३ सोनल घर भएका ६१ वर्षीय सहदेव प्रसाद यादव घाइते भएका हुन् ।अज्ञात समुहले उनको छातीको तल्लो भागमा गोली हानेर फरार थिए ।गम्भीर घाइते यादवलाई उपचारका लागि प्रदेशिक अस्पताल जनकपु लगिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।