533 views 0 secs 0 comments

चोरीको गरगहना र रकमसहित एक जनालाई पक्राउ…

In समाज
३० कार्तिक २०७६, शनिबार १७:३७

भारतबाट नेपालतर्फ ल्याउँदै गरेको चोरीको गरगहना र रकमसहित धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
शनिबार दिउँसो करिब १ बजेको समयमा भारतको जयनगरबाट नेपालतर्फ ल्याउँदै गरेको करिब ६ किलो चोरीको गरगहना र नेपाली रकम ७ लाख ३० हजार १ सय रुपैयाँसहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सिरहा जिल्लाका ४८ वर्षीय अजय गुप्ता रहेको सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण हेडक्वाटर धनुषाका प्रहरी उपरीक्षक राजेश उप्रेतीले जानकारी दिएका छन्।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. २५ लोहनामा विओपी डेवडिहाबाट खटेको सशस्त्र प्रहरी निरीक्षक रन्जित तिवारीको कमाण्डमा खटेको टोलीले विशेष सुराकीको आधारमा गुप्तालाई आफ्नो शरीरमा कपडाले बेरी ल्याउँदै गरेको गरगहना र रकमसहित पक्राउ गरेको छ।
पक्राउ परेका गुप्तामाथि प्रारम्भिक अनुसन्धान भइरहेको र थप कारबाहीको लागि जनकपुर भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी उपरीक्षक उप्रेतीले जानकारी दिए।