तिखेर बलिउड अभिनेता सलमान खान र अभिनेत्री कैटरिना कैफ अहिले निकै चर्चामा छन् । २२ डिसेम्बरमा रिलिज हुने फिल्म ‘टाइगर जिन्दा है’ मा देखिँदैछन् ।
अहिले उनीहरु चर्चित म्यागेजिन ‘वोग इन्डिया’ लागि गराएको फोटोशूटका कारण चर्चामा छन् । सामाजिक संजालमा सलमानले बनाएको कैटरिनाको तस्विर भाइरल भएको छ ।
यो फोटो ३० नोभेम्बरमा ‘टाइगर जिन्दा है’ को ट्वीटर पेजमा शेयर गरिएको छ । यो फोटोलाई अहिले करिब २ हजारबढीले हेरिसकेका छन् । सामाजिक सञ्जालमा मानिसहरुले यो फोटोलाई एकदमै रुचाएका छन् ।