ऐश्वर्या रायको छोरा भएको दाबी गर्ने यि युवक को हुन् ? जस्ले मच्चाए भारतमा हंगामा

In मनोरञ्जन
२४ पुष २०७४, सोमबार १३:११

एजेन्सी । भारतको आन्ध्रा प्रदेशका एक युवकले ऐश्वर्या राय बच्चनलाई आफ्नी आमा भएको दाबी गरेका छन् । आन्ध्रा प्रदेशका २९ वर्षका संगीत कुमारले आँफु अब आमा ऐश्वर्यासँगै बस्न चाहेको समेत इच्छा देखाएका छन् ।

ति युवकले आईभिएफ मार्फत ऐश्वर्याले आँफुलाई जन्म दिएको बताएका छन् । हालै आँफुलाई ऐश्वर्याका छोरा दाबी गर्ने संगीतले मीडियासँग कुरा गर्दै भने, ‘३ वर्षको उमेरमा उसको आमा – बुवाले उनलाई आन्ध्रा प्रदेशको चूडावरममा लगेका थिए ।२७ वर्षसम्म त्यहि बसे ।

जन्मेको २ वर्षसम्म उनि आफ्नो हजुरआमा बिन्द्रा कृष्‍णराज रायसँग बसेको भन्दै भावुक हुँदै आफ्नो कथा ब्यथा सुनाए । संगीतका अनुसार ऐश्वर्या १५ वर्षकि उमेरमा नै आमा बनेकी थिइन् । संगीतले अब सबै कुरा छाडेर आफुलाई छोरा स्विकार्न आग्रह गरिरहेका बेला ऐश्वर्या परिवारले भने अहिलेसम्म केही बोलेको छैन ।