काठमाडौं । जागिर नपाएर भौतारीरहेको अवस्थामा कसैले ठुला आस्वासन दिएर तपाइबाट रकम त अशुलिरहेका छैनन ?
यदि त्यसो हो भने आजै सावधान हुनुस । इटहरीमा यस्ता गिरोहहरू सकृिय भएर लागि परिरहेको पाइएको छ ।
सुरूमा बेरोजगार युवाहरूको नजिक हुने अनी उनिहरूको घर सम्मै पुगेर नेपाली सेना, प्रहरीमा देखि सरकारी निकायको उच्च तहमा जागिर लगाइदिने देखि उचित रकम दिए सवारी लाइसेन्स अनुमतीपत्र पनि घर सम्मै लेइदिने भन्दै लाखौ रकम अशुल्ने गिरोह इटहरीमा सकृिय रहेको पाइएको हो ।
इलाका प्रहरी कार्यालय इटहरीले आइतबार साझ त्यस्ता ठगि धन्दामा संलग्न तिनजनालार्इ पक्राउ गरेपछि यस्तो पाइएको हो ।
गृहमन्त्रालयसंग नजिक रहि ठुलाब्याक्तिहरूसंग साठगाठ छ भन्दै प्रहरी सेना लगायत सरकारी निकायमा काम लगाइदिने बहानामा रकम असुल्ने तिनजना गिरोह सुनसरीको इटहरीबाट आइतबार साझ पक्राउ परेका छन ।
इलाका प्रहरी कार्यालय इटहरीले आइतबार गस्तिको क्रममा वार्ड नं ७ गैसारबाट उनिहरूलार्इ नियन्त्रणमा लिएको हो ।
भारतिय नागरिक कैलाश भारद्वज सहित अन्य दुर्इ जनालाृइ प्रहरीले पक्राउ थप अनुशन्धान सुरू गरेको छ । पक्राउ तिनै जनाको साथबाट प्रहरीले केही रकम तथा कागजात फेला परेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
अरूलार्इ नेपाल प्रहरीको डिएसपी इन्सपेक्टर सहि सम्मको जागिर लगाइदिने र भनेजति रकम दिए लाइसेन्स पनि घरसम्मै ल्याइदिने भन्दै इटहरीउपमहानगरवासीहरूसंग रकम अशुल्ने गरेको प्रहरीले जनाएको छ ।
आइतबार इटहरीको गैसारबाट पक्राउ परेका तिनै जनालार्इ प्रहरीले सार्वजनिक गरेको छैन । उनिहरूलार्इ हिरासतमा राखेर अनुशन्धान गरिरहेको प्रहरीले जनाएको छ ।