531 views 3 secs 0 comments

सल्यानमा मतगणना अपराह्न ५ बजेपछि

In देश, राजनीति, समाज
२२ मंसिर २०७४, शुक्रबार ११:५९

सल्यान : सल्यानमा अपराह्न ५ बजेपछि मात्र मतगणना सुरु हुने भएको छ। एक सय ८० मतदान केन्द्र रहेको सल्यानमा ५९ मतकेन्द्रबाट मतपेटिका नआएका कारण मतगणना ढिलो सुरु हुन लागेको मुख्य निर्वाचन अधिृकतको कार्यालयले जनाएको छ। जिल्लाको कालिमाटी गाउँपालिका, दार्मा गाउँपालिका र बन्गाड कुपिण्डे नगरपालिकाका केही मतदान केन्द्रबाट मतपेटिका बोकेर ल्याउनुपर्ने भएकाले मतगणना ढिलो सुरु हुन लागेको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले बताए। यस्तै मतगणना हुने जिल्ला प्राविधिक कार्यालयको इन्जिनियर भवनमा सीसी क्यामेरा र तारजालीको व्यवस्था गरिएको छ। मतगणनालाई सुरक्षित गर्ने उद्देश्यका साथ तारजाली र सीसी क्यामेरा जडान गरिएको धामीको भनाइ छ। उम्मेदवारहरुकै सहमतिमा तारजाली र सीसी क्यामेरा जडान गरिएको उनले बताए। १ लाख ३४ हजार १ सय १३ मतदाता रहेको सल्यानमा ८३ हजार ३ सय ९८ मत खसेको छ। सल्यानमा पुरुषको तुलनामा महिलाले बढी मतदान गरेका छन्। जिल्लामा ३६ हजार ७ सय १६ पुरुष र ४६ हजार ६ सय ८२ महिलाले मतदानमा सहभागिता जनाएका छन्।
Read more at: http://thahakhabar.com/news/27813