688 views 1 sec 0 comments

कैलालीको लम्कीचुहा नगरपालिका उपप्रमुखको गाडीमा आगजनी

In देश, राजनीति, समाज
१४ मंसिर २०७४, बिहीबार १३:३१

मंसिर १४, २०७४ कैलाली : कैलालीको लम्कीचुहा नगरपालिकाकी उपप्रमुख टीका थापाको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ। लम्कीचुहा नगरपालिका वडा नम्बर- १ लम्कीस्थित टीकापुर रोडमा रहेको आफ्नै घरको कम्पाउण्डभित्र पार्किङ गरी राखेको गाडीमा बिहीबार बिहान करिब साढे ३ बजेतिर अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ। उपमेयरले प्रयोग गर्ने बा१६च ६८९९ नम्बरको निजी जीपको अगाडिको भाग पूरै जलेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नेकपा एमालेबाट स्थानीय निर्वाचनमा निर्वाचित थापाका श्रीमान रतनबहादुर थापा वाम गठबन्धनबाट कैलाली- २ (२) मा प्रदेशसभा सदस्यका उम्मेदवार छन्। थापा एमालेका जिल्ला उपाध्यक्षसमेत हुन्।