संखुवासभा : संखुवासभाको पाँचखपन नगरपालिका- ६ का एक दम्पती खुकुरी प्रहारबाट गम्भीर घाइते भएका छन्। सूर्यबहादुर गुरुङ र फूलमाया गुरुङलाई स्थानीय दिनेश राईले खुकुरी प्रहार गरी घाइते बनाएका हुन्। राई कांग्रेस कार्यकर्ता भएको भन्दै एमालेले भोट नहालेको निहुँमा आक्रमण भएको आरोप लगाएको छ। एमालेका जिल्ला सचिव खड्ग राईले आफ्ना कार्यकर्तामाथि निरन्तर आक्रमण भइरहेको भन्दै आपत्ति जनाए। यता कांग्रेसले भने राई आफ्नो कार्यकर्ता नभएको जिकिर गरेको छ। कांग्रेसका महासमिति सदस्य मुक्तिसिंह राईले घटनामा संलग्न व्यक्ति आफूहरुको कार्यकर्ता नरहेको भन्दै घटनामा आफूहरुको कुनै संलग्नता नरहेको बताए। घाइतेहरुको जिल्ला सदरमुकाममा उपचार भइरहेको छ। उनीहरुको घाँटी र ढाडमा चोट रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी सन्तोष खड्काले बताए।
Read more at: http://thahakhabar.com/news/27682
Read more at: http://thahakhabar.com/news/27682