
एजेन्सी। बिहीबार बलिउड महानायक अमिताभ बच्चनको जन्म दिन हो। आजबाट अभिताभ ७६ वर्षका भएका छन्। अमिताभकी श्रीमती जया बच्चन भारतकै सबैभन्दा धनी सांसदमध्ये एक हुन्। उनी स्वयंले आफूसँग एक हजार करोडको सम्पत्ति रहेको बताएकी छन्।
राज्यसभामा नोमिनेशनको समयमा जया बच्चनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी थिइन्। उक्त सम्पत्ति विवरणका अनुसार जया र अमिताभ बच्चनसँग ४६० करोड रुपैयाँको अचल सम्पत्ति र ३४३ करोड रुपैयाँको चल सम्पत्ति छ।
\उक्त सम्पत्ति विवरणका अनुसार अमिताभ र जयासँग कुल ६२ करोडको सुन र अन्य गहना छन्। तीमध्ये अमिताभसँग मानै ३६ करोड रुपैयाँका गहना छन्। अमिताभसँग १२ वटा गाडी रहेका छन्। ती गाडीको मूल्य १३ करोड भन्दै धेरै छ।
अमिताभसँग रोल्स रोयल, तीन वटा मर्सिडीज। पोर्शे, रेन्स रोभरजस्ता गाडी छन्। अमिताभसँग टाटा न्यायो र ट्रयाक्टर पनि छन्। अभिताभसँग ३.४ करोड रुपैयाँको घडी छन्। अमिताभसँग ९ लाख रुपैयाँ पर्ने पेन पनि छ। बच्चन परिवारसँग ३१७५ स्क्वायर मिटरको रेसिडेन्सियल प्रपर्टी फ्रान्समा पनि छ।
नोएडा, भोपाल, पुणे, इलाहावाद र गान्धीनगरमा पनि बच्चन परिवारको सम्पत्ति छ। जयासँग १.२२ हेक्टरको कृषि प्लान्ट पनि छ। जसको मूल्य २.२ करोड पर्छ। यसैगरी अमिताभसँग ३ एकड प्यान्ट पनि छ, जसको मूल्य ५.७ करोड रुपैयाँ पर्छ।