
एजेन्सी। अक्षय कुमार र रजनीकान्तको फिल्म २.० को कमाइको आँकडा दिन प्रतिदिन बढिरहेको छ। फिल्मले मात्र ६ दिनमा १०० करोडभन्दा धेरै कमाइ गरेको थियो। ट्रेड एनालिस्ट तरण आदर्शनले ट्विट गर्दै फिल्मले रिलीज भएको छैटौं दिनमा हिन्दी बेल्टमा ११.५० करोडको व्यापार गरेको बताएका छन्। यो फिल्मले यसैगरी व्यापार गरिरह्यो भने बस्क अफिस कलेक्शनको बजेटभन्दा धेरै कमाइ गर्ने देखिन्छ।
यो फिल्मको बजेट ५४३ करोड हो। र, फिल्मले अहिलेसम्म ४८८ करोड कमाइ गरिसकेको छ। यो फिल्मलेआफ्नो लागनी उठाउन ५५ करोड मात्र कमाए पुग्छ। फिल्म विश्लेषकहरुका अनुसार फिल्मले आफ्नो लगानी सजिलै उठाउने छ।
ट्रेड एनालिस्ट रमेश बालका अनुसार ६ दिन यो फिल्मले भारतमात्रै १२१ करोडको व्यापार गरेको छ। यसैगरी फिल्मले छैटौं दिन विश्वव्यापी रुपमा ४८८ करोडको व्यापार गरेको छ।
फिल्मको कलेक्शनको कुरा गर्दा पहिलो दिनको तुलनामा १३ प्रतिशतले कमी आएको छ। तरण आदर्शका अनुसार फिल्मले पहिलो दिन बिहीबार २०.२५ करोड, शुक्रबार १८ करोड, शनिबार २५ करोड, आइतबार ३४ करोड रुपैयाँ कमाएको छ। सोमबार फिल्मको कमाइमा निकै गिरावट आएको छ। सोमबार यो फिल्मले १३.७५ करोडको व्यापार गरेको थियो भने मंगलबार ११.५० करोडको व्यापार गरेको थियो। यद्यपी फिल्मको क्रेज अहिले पनि २.० अक्षय कुमारको १० औं यस्तो फिल्म हो जुन १०० करोडको क्लबमा पुग्न सफल भयो। उसैगरी अक्षयको यो पहिलो यस्तो फिल्म हो जो सबैभन्दा कम समयमा १०० करोडको क्लबमा पुग्न सफल भयो। यदि व्यापारको तीव्रता यस्तै कामय रह्यो भने यो फिल्म अक्षय कुमारको ट्वाइटेल एक प्रेम कथाको लाइफटाइम कलेक्शन (१३३.६०) करोड भन्दा धेरै हुन्छ।
भारतीय संचारमाध्यमका अनुसार यो फिल्मले स्टाटेलाइट, डिजिटल र डिस्ट्रीव्युशन राइट्स बेचेर मात्रै ३७० करोड कमाएको थियो। एलवाईसीए प्रोडक्शनले २.० को स्याटेलाइट राइट्स १२० करोडमा बेचेको थियो, जबकि डिजिटल राइट्सका सबै भर्जन (हिन्दी, तमिल र तेलुगु) ६० करोडमा बिक्री भएको थियो। फिल्मका निर्माताले दक्षिण एरिया बाहेक आन्ध्र प्रदेश, कर्नाटक र केरलमा पनि डिस्ट्रिव्यूश राइट्स बेचेका छन्।
उस्तै छ।