
काठमाडौं – राष्ट्रिय क्षयरोग दिवसको अवसरमा नेपाल केमिस्ट एन्ड ड्रगिस्ट एसोसियसन बाग्मती, नेपाल एन्टी ट्युबरकिलोसिस एसोसिएसन र ब्रिटिस कलेजको संयुक्त आयोजनामा ब्रिटिस कलेजमा क्षयरोग सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ।
नेपाल क्षयरोग निवारण संस्था स्थापना भएको उपलक्ष्यमा हरेक वर्ष मंसिर १३ गते राष्ट्रिय क्षयरोग दिवस मनाउने गरिन्छ। दिवसको अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको थियो। यसै सन्दर्भमा ब्रिटिश कलेजले विद्यार्थीलाई लक्षित गरी क्षयरोगबारे चेतनामूलक कार्यक्रम आयोजना गरेको जनाएको छ।
कार्यक्रममा नेपाल एन्टी ट्युबरक्लोसिस एसोसियसनका प्रमुख देवेन्द्रबहादुर प्रधान, वरिष्ठ छाती रोग विशेषज्ञ डा. मोहनकुमार प्रसाइँ, नेपाल केमिस्ट एण्ड ड्रगिस्ट एसोसियसन, बाग्मतीका अध्यक्ष निरञ्जनप्रसाद रिसाल, ब्रिटिस कलेजका निर्देसक महेन्द्रराज कँडेलको उपस्थिति थियो।
कार्यक्रममा कलेजका एक सय विद्यार्थीलाई क्षयरोग निवारणसम्बन्धी तालिम दिइएको थियो। तालिमप्राप्त विद्यार्थीले तालिम फलदायी भएको बताएका छन्।