जीवन शर्माको तरकारी बेचे जस्तो तस्बिर यसरी भयो भाइरल…

In मनोरञ्जन
२० मंसिर २०७८, सोमबार १५:४८

A A+

काठमाडौँ – जनवादी गायक जीवन शर्माको एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । फुटपाथको एउटा तरकारी राखेको पसल अगाडि टुसुक्क बसेका शर्मा सामाजिक सञ्जालमा भाइरल भएका हुन् ।
उनको यो फोटो बाहिरिँदा धेरैले जनवादी गायकले गायनसँगै जीवनयापनका लागि तरकारी व्यापार सुरु गरेको लख पनि काटेका थिए । तर त्यसरी भाइरल भएको तस्बिरको वास्तविकता भने अनुमान लगाएको जस्तो सही नभएको शर्माले बताए ।
मैतीदेवी चोकछेउमा एक जना बहिनीको फुटपाथ पसल अगाडि उनैलाई एकछिनलाई पसल कुरिदिँदा फोटो खिचेर भाइरल गरिएको उनले बताए । 
‘मैतीदेवी चोकमा एकछिनलाई बहिनीको पसलमा उनलाई सहयोग गर्न बसेको थिए । त्यही फोटो भाइरल भएछ,’ शर्माले इकागजसँग भने, ‘त्यसरी भाइरल हुने गरि मैले फुटपाथमा तरकारी बेच्न थालेको छैन ।’

उनले तत्काललाई तरकारी बेच्ने योजना नभएको पनि सुनाए । तर धेरैले जनताका गीत गाएर चर्चित र लोकप्रिय बनेका शर्माले गलत कामभन्दा जीवनयापनलाई सहज बनाउन तरकारी बेच्न थालेको भन्दै प्रशंसा गरिरहेका थिए । तर कतिपयले भने एउटा लोकप्रिय गायकले गीत गाउन छाडेर तरकारी बेच्न थाल्नु दुःखद भएको पनि टिप्पणी गरिरहेका थिए ।
जुन तस्विरलाई सन्देश नेपाल डट कमले पेज बाट राखेको थियो , र यो कुरा जिवन शर्मालाई पनि थाहा भएको र उहाँ संग तस्विरको बारेमा भावुक कुरा भएक पनि सन्देश नेपालले जनाएको छ ।
यद्यपि, ती सबै अनुमान र टिप्पणी भाइरल तस्बिरमै सीमित भएका छन् ।