बरु राजीनामा दिन तयार छु तर एमसीसी टेबल गर्दिन : सभामुख अग्नि सापकोटा

In राजनीति
२० मंसिर २०७८, सोमबार १५:३४

सभामुख अग्नि प्रसाद सापकोटा कुनै हालतमा एमसीसी सदनबाट पास हुन् नदिने पक्षमा देखिएका छन्। अमेरिकी अनुदान (मिलेनियम च्यालेन्ज कर्पोरेशन) एमसीसीका बिषयमा राजनीतिक दलबीच सहमति नजुटीसकेको अवस्थामा सभामुख सापकोटाले पास हुन नदिन मुख्य भूमिका निर्वाह गर्ने भएका हुन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी यथास्थितिमा पास नहुने बताउदै आएकाकोमा उनकै निर्देशनमा सभामुख बनेका सापकोटाले त्यसलाई सदनमा टेबल गर्न नदिन अनेक प्रयास गरिरहेको बताइएको छ। यसअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उक्त अनुदान पास गर्न अनेक प्रयास हुँदासमेत सभामुख सापकोटाले त्यसलाई रोकेका हुन्।
ओलीले सभामुख सापकोटाको त्यस कदमपछि धेरै असन्तुष्ट जनाउदै राजिनामा दिनुपर्ने विषय समेत उचालेका थिए। । सरकारको नेतृत्व गर्ने मुख्य दल नेपाली कांग्रेस एमसीसीका विषयमा सकारात्मक छ भने माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित जसपाले अझै पनि सकारात्मक हुने संकेत देखाएका छैनन् । ती दल एमसीसीमा केही संशोधन हुनुपर्ने पक्षमा देखिएका छन्।
माओवादी अध्यक्ष प्रचण्डले आज शुक्रबार अमेरिकी सहायक विदेशमन्त्रीसँगको भेटमा समेत उक्त अनुदान पास गर्न राष्ट्रिय सहमतिको आवश्यक रेहको बताएका थिए। उनले यथास्थितिमा उक्त विषय सदनमा प्रस्तुत गर्न नसक्ने बताउदै केहि समय दिन समेत माग गरेका हुन्। सभामुख सापकोटा आफू विवादमा पर्ने यस विषयलाई जुनसुकै हालतमा संसदमा प्रवेश नगराउने मोडमा देखिएपछि राजिनितीले फरक मोड लिएको हो।
यहिअबस्थामा चुनाव भए माओवादी ६० र समाजवादीले ५१ सिट जित्ने, एमालेको अबस्था यस्तो…
आमनिर्वाचन २०७४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएको थियो । यो गठबन्धनले स्पष्ट बहुमत ल्याएको थियो । त्यतिबेलाको दुई कम्युनिस्ट पार्टीले पाएको मतलाई आधार मान्दा यथास्थितिमा चुनावमा गएमा नतिजा के होला ?
एमालेले १०३ र माओवादी केन्द्रले ५९ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ चुनावमा उम्मेदवार उठाएका थिए । सुर्य चिन्हमा उम्मेदवार बनेका १०३ मध्ये ७८ जना विजयी भएका थिए । गोलाकारभित्र हँसिया हथौडा चुनाव चिन्ह लिएर माओवादीका ३६ उम्मेदवार विजयी भएका थिए । १६५ निर्वाचन क्षेत्रमा नेकपा एमाले र माओवादीको मात्र जोड्दा ११४ हुन आउँछ । यो प्रत्यक्षतर्फ निर्वाचित संख्याको दुई तिहाई हो ।
एमाले र माओवादी मिल्दा दुवैलाई चुनावमा ठूलो फाइदा पुगेको थियो । २०७० सालको निर्वाचनमा हार व्यहोरेको धेरै क्षेत्रमा एमाले उम्मेदवार माओवादीसँगको गठबन्धनले विजयी भएका थिए ।
माओवादीसँगको गठबन्धनले ७८ स्थानमा प्रत्यक्षतर्फको उम्मेदवारलाई विजय बनाउन सकेको एमालेले आउँदो निर्वाचनमा यही सफलता दोहोराउने सम्भावना कमजोर छ । माओवादीसँग एमालेको गठबन्धनको सम्भावना देखिदैन । अर्कोतर्फ, एमाले आफै फुटेको छ ।
विघटित प्रतिनिधि सभामा निर्वाचित एमालेका ७८ मध्ये ३१ जनाले १० हजार भन्दा बढी मतान्तरले जित हासिल गरेका थिए । १६ जनाले ७ हजार, ११ जनाले ५ हजार, ६ जनाले ३ हजार, ६ हजारले २ हजार, ५ जनाले १ हजार, ३ जनाले ५ सय र ३ जनाले ५ सयभन्दा कम मतान्तले जीत हासिल गर्न सकेका थिए ।
यो तथ्यांकलाई आधार मान्ने हो भने माओवादीसँग विना गठबन्धनमा जाँदा एमालेलाई सिधै ५० सिटमा झट्का लाग्ने देखिन्छ । माओवादीको मत एमालेलाई पर्दा कम्तिमा ५० सिटमा जीत सुनिश्चित भएको हो । बाँकी ३० सिटमा पनि कम्युनिस्ट एकता नहुँदा जीत निकै कठिन हुने देखिन्छ ।
त्यसमाथि एमाले समेत विभाजित भएको छ । माधव नेपालले एमालेको २० प्रतिशत मात्र शक्ति आफ्नो साथमा लगेको आँकलन गर्ने हो भने पनि एमालेलाई चुनावमा ठूलो झड्का लाग्ने स्पष्ट देखिन्छ । प्रत्यक्षतर्फ चुनावमा ७८ मध्ये ३१ जनाले मात्र १० हजार मतान्तरले जितेको तथ्यांक छ ।
त्यो माओवादी समेतसँग गठबन्धनले हो । यसलाई केलाउँदा ३१ बाहेकको सिटमा एमाले पराजित हुने सम्भावना बलियो छ । यसको अर्थ चुनाव भएमा एमालेले प्रत्यक्षतर्फ जितेको ४७ सिट गुमाउने सम्भावना बिलियो छ ।
समानुपातिकतर्फ पनि २० प्रतिशत मत घट्दा ३० मध्ये कम्तिमा ६ देखि १० सिट गुम्ने स्थिति छ । फुटको अवस्थामा चुनावमा गए एमालेले अधिकतम ६० सिटभन्दा बढी जित्ने सम्भावना देखिदैन । यसको अर्थ केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले अहिलेको नेपाली काँग्रेसको प्रतिनिधि सभामा सिट संख्याभन्दा पनि कम संख्यामा पुग्न सक्छ ।