कपिलवस्तुमा समानुपातिकतर्फ कांग्रेस पहिलो दल

In राजनीति
२८ मंसिर २०७४, बिहीबार १२:२३

कपिलवस्तु : तौलिहवा कपिलवस्तुमा समानुपातिकतर्फ ३ वटै क्षेत्रको मतगणनाको नतिजा सार्वजनिक भएको छ । निर्वाचन कार्यालय कपिलवस्तुले सार्वजनिक गरेको मतपरिणामअनुसार कांग्रेस पहिलो, एमाले दोश्रो, राजपा नेपाल तेश्रो, संघीय समाजवादी फोरम नेपाल चौथो र माओवादी केन्द्र पाँचौं दल बनेका छन् । कांग्रेसले कुल ६१ हजार २ सय ९२ मत पाएको छ भने एमालेले ६० हजार ९सय ९४ पाएको छ ।

यि दुईबीचको अन्तर २ सय ९८ मत मात्रै हो । तेश्रोमा आएको राजपा नेपालले २१ हजार ९सय ६७ मत ल्याएको छ । चौथो हुन सफल संघीय समाजवादी फोरम नेपालले १८ हजार ६ सय ४९ मत ल्याएको छ । पाँचौ दल बन्न सफल माओवादी केन्द्रले १० हजार ८ सय ३३ मत ल्याएको छ ।

क्षेत्रगत रुपमा हेर्दा क्षेत्र नम्बर १ मा एमाले पहिलो बन्दै २३ हजार ५सय ९८ मत ल्याएको छ । कांग्रेसले २२ हजार ८सय ८५ मत ल्याएर दोश्रो बनेको छ । यो क्षेत्रमा फोरम नेपालको ७ हजार ३ सय२० मत आएको छ । माओवादी केन्द्रको ५ हजार ४ सय ८० मत र राजपा नेपालको ४ हजार ७ सय ३२ मत प्राप्त गरेको छ ।

क्षेत्र नम्बर २ मा कांग्रेस पहिलो दल बनेकोछ । २६ हजार ५० मत ल्याएर कांग्रेस पहिलो वनेकोहो । २५ हजार ९१ मत ल्याएर यो क्षेत्रमा एमाले दोश्रो वनेकोछ । क्षेत्रनं २ कै विवरण अनुसार राजपा नेपालको ५ हजार ८ सय ७५, फोरमको २ हजार ९ सय ७९ र माओवादी केन्द्रको २ हजार ३१८ मत आएकोछ ।

क्षेत्र नम्बर ३ मा पनि कांग्रेस नै पहिलो बनेको छ । एमालेलेभन्दा ५२ मत बढी ल्याएर यो क्षेत्रमा कांग्रेस पहिलो बनेको हो । कांग्रेसले १२ हजार ३सय ५७ मत पाएको छ । एमालेले १२ हजार ३सय ०५ मत ल्याएको छ । राजपाले ११ हजार ३ सय ६० मत ल्याएको छ । फोरम नेपालले ८ हजार ३ सय ५० मत ल्याएको छ । माओवादी केन्द्रको ३ हजार ३५ मत आएको छ ।

समानुपातिकतर्फ कांग्रेस अगाडी रहेपनि प्रत्यक्षतर्फ भने कमजोर देखिएको छ । ३ प्रतिनिधि र ६ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा वाम गवठबन्धनले प्रत्यक्षतर्फ प्रतिनिधिका २ र प्रदेशसभाको ४ क्षेत्र जितेको छ । कांग्रेसले प्रतिनिधितर्फ १ र प्रदेशसभातर्फ १ क्षेत्र जितेको छ भने संघीय समाजवादी फोरम नेपालले प्रदेशको एउटा क्षेत्र जितेको छ ।