265 views 1 sec 0 comments

भारतबाट फर्किनेहरु सात दिन क्वरेण्टीनमा बस्नुपर्ने…

In देश
२० मंसिर २०७८, सोमबार १४:५८

भारतबाट फर्किएका व्यक्तिलाई अनिवार्य रुपमा क्वरेण्टीनमा राखिने भएको छ ।
भारतमा पनि कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सङ्क्रमण देखिएपछि बैतडीमा भारतबाट फर्केकालाई अनिवार्य क्वरेण्टीनमा बस्नुपर्ने भएको हो । कोरोनाको नयाँ भेरियन्ट नफैलियोस् भनेर भारतबाट फर्केका नागरिकलाई अनिवार्य सात दिन क्वरेण्टीनमा बस्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनभयो ।
भारतबाट फर्केका नागरिकलाई होम क्वरेण्टीनमै बस्ने गरी व्यवस्था मिलाउन र त्यसको अनुगमन गर्न पालिकालाई पत्राचारसमेत गरिएको छ । उहाँले भन्नुभयो, ‘भारतबाट फर्किनेको सीमानाका झुलाघाटमै एन्टिजेन परीक्षण गर्ने र उनीहरुलाई अनिवार्य रुपमा क्वरेण्टीनमा बस्न भनेका छौँ ।’ झुलाघाटमा यसअघि नै हेल्थ डेस्क स्थापना गरेर कोरोना परीक्षण कार्य सुरु गरिएको छ । यसका साथै सीमामा आवातजावत गर्दा अनिवार्य रुपमा स्वास्थ्यका मापदण्ड पालना गर्न पनि आग्रह गरिएको छ ।