839 views 0 secs 0 comments

आफन्तले मिर्गौला दिँदा पनि प्रत्यारोपण गर्ने पैसा नजुटेसी मृत्यु सँग लड्दै गुल्मीका कुल बहादुर…

In समाज, स्वास्थ्य/जीवनशैली
२० मंसिर २०७८, सोमबार १४:०२

मान्छेको जीवन कर्कलाको पानी जस्तै रहेछ । यो अन्नपानीको शरीरलाई कतिबेला के हुन्छ भन्ने थाहानै नहुने । रोग र भोक सङ्ग जुहारी खेल्दै मानबिय जीवनमा आई पर्ने समस्यालाई हल गर्दै जादा कतिपय समस्या एक्लै समाधान गर्न नसकिदो रहेछ । हो यस्तै समस्या आई परेको छ गुल्मीका कुल बहादुर कुमाललाई ।
२०७२ सालदेखि दुबै मृगैाला फेल भएर लामो समयदेखि छाउनीमा रहेको बिरेन्द्र आर्मी अस्पताल हाल शिक्षण अस्पताल, महारजगन kathmandu मा उपचार गर्दै आउनु भएका गुल्मी ईस्मा गाउपालिका २, निबासि ३७ बर्सिय कुल बहादुर कुमालका दुबै मृगैाला प्रत्यारोपन वा डायलायसिस गर्नुपर्ने भएको र निज कुल बहादुर परिबारको आर्थिक अवस्था नाजुक भएको हुदा एकतामा बल हुन्छ भनेर यहि सामाजिक सन्जालको माध्यमबाट सहयोगको लागि मनकारी दाजुभाई दीदीबहिनीमा हार्दिक अनिरोध गर्दछु ।
बिरामी कुल बहादुरका एक छोरा, एक छोरी र श्रीमती सहित हाल राजधानीमा डेरामा बस्दै आउनु भएको छ । आफ्नो आफन्तले मृगैाला दान गर्न राजी भएको तर आर्थिक अवस्थाको जोहो गर्न नसकिएकोले प्रत्यारोपन हुन नसकेको, प्रत्यारोपन गर्न २० लाख नेपाली लाग्ने जानकारी गराउनु भएको छ । थोपा थोपा मिली समुन्द्र बन्छ भनेझै थोरै थोरै तर धेरै जनाले सहयोग गर्यो भने अवस्य यो दुखको समयलाई पार लगाउन सकिन्छ होला भनि सहयोगको लागि अनुरोध गर्नुभएको छ ।
सहयोग गर्न चाहनुभयो भने वहाको खाता नम्बरमा रकम जम्मा गराई सहयोग गर्न सक्नुहुनेछ । साथै सहयोगको लागि सम्पर्क गर्नको लागि इनबक्समा जानकारी गराउनुहोला । आर्थिक सहयोग नगरेपनि यो तलको लिङ्क सेयर गरिदिनु भयो भने वहालाई सहयोग हुनेछ , भन्दै धेरैलाई यो लिंक शेयर गर्ने गुल्मी मदाने गाउँपालिका लेख ,हाल जापान बस्दै आएका टीकु विप्लप ले संदेश नेपाल लाई समाचार को लागि अनुरोध गरेका छन् । बिरामीको मोबाईल नम्बर : 9779847150575
सन्देश नेपाल : 9851022781