612 views 0 secs 0 comments

आफु र आफ्नो छोरालाई विष पिलाइएको भन्दै डाक्टर र नर्समाथि आक्रमण

In देश, समाज, स्वास्थ्य/जीवनशैली
१९ मंसिर २०७४, मंगलवार १२:४०

काठमाडौं । कोरिया–नेपाल मैत्री अस्पतालमा एक बिरामीले डाक्टर र नर्समाथि आक्रमण गरेका छन् । भक्तपुरस्थित अस्पतालको इमर्जेन्सीका मेडिकल अधिकृत डा सञ्जय त्रिपाठीलाई लक्षित गरी सोमबार साँझ आक्रमण भएको थियो ।

आफू र छोरालाई विष पिलाइएको आरोप लगाउँदै बिरामीले डाक्टरले चेकजाँच सुरु गर्न लाग्दा आक्रमण गरेका हुन् । विष खुवाइएको भनिएका उनका छोरालाई आफन्तले त्यस्तो केही नभएको भन्दै घर लगेका छन् ।

डाक्टरलाई आक्रमण गर्ने व्यक्ति मानसिक सन्तुलन गुमेको हुन सक्ने भए पनि यथार्थ पत्ता नलागेको कार्कीले बताइन् । डक्टर्स सोसाइटीकी महासचिव तोसिमा कार्कीका अनुसार डा त्रिपाठीले चेकअप गर्ने तयारी गर्दा नजिकै रहेको चक्कुले प्रहार गरेका थिए ।

त्यसपछि उनले नजिकै रहेकी नर्सको घाँटी थिचेका थिए । अस्पतालमा आएका अन्य बिरामीले उनलाई तानेर नर्सलाई जोगाएको कार्कीले बताइन् । डाक्टर र नर्समाथि आक्रमण गर्ने ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।