464 views 0 secs 0 comments

हुम्लामा हिमपात शुरु, हिमपातसँगै चिसो बढ्यो…

In देश
१३ मंसिर २०७६, शुक्रबार १२:५४

हुम्लामा बिहीबार साँझदेखि हिमपात शुरु भएको छ । हिमपातसँगै चिसो बढेको छ । जिल्लामा गत वर्ष कात्तिकमै हिमपात भएको थियो ।
चिसोका कारण सदरमुकाम सिमकोटमा बिहानैदेखि चहलपहल घटेको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको उच्च हिमाली भेगमा अत्यधिक हिमपात भएको स्थानीयवासीले बताएका छन् ।
हिमपातपछि बालीनाली सप्रिने भन्दै यहाँका किसान खुशी भएका छन् । सिमकोटमा चिसो बढेसँगै सरकारी तथा गैरसरकारी कार्यालयबाट सेवा लिन समस्या भएको सेवाग्राही माया लामाले बताइन् ।