459 views 2 secs 0 comments

कैलालीले लागूऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ…

In देश, समाज
२ आश्विन २०७६, बिहीबार १७:१२

जिल्ला प्रहरी कार्यालय कैलालीले लागूऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका-२ मिलन चोकबाट बुधबार साँझ दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पैदल हिँडिरहेको अवस्थामा धनगढी उपमहानगरपालिका- ३ बस्ने १८ वर्षीय निखिल बिष्ट र बैतडीको दशरथचन्द नगरपालिका-२ घर भइ धनगढी उप-महानगरपालिका-३ बस्ने १९ वर्षीय राजेश भाटलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । उनीहरुको साथबाट नाइट्रोभेट १४४ ट्याब्लेट र गाजासमेत प्रहरीले बरामद गरेको छ ।