582 views 0 secs 0 comments

सिक्टा खोलामा डुबेर एक भारतीय नागरिकको मृत्यु…

In समाज
२ आश्विन २०७६, बिहीबार १७:०६

पर्साको कालिकामाई गाउँपालिकास्थित सिक्टा खोलामा डुबेर एक भारतीय नागरिकको मृत्यु भएको छ । भारत बेतिया जिल्ला बेलबनिया बस्ने ३५ बर्षीय पिन्टु कुमार साहको मृत्यु भएको हो । उनी कालिकामाई–१ मुर्ली बस्ने गंगा साहको ज्वाँई हुन् ।
ससुरा गंगाको खेतमा सिक्टा खोलाबाट पम्पसेट लगाई पानी निकाल्ने क्रममा बुधबार मध्यान्न खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पिन्टु खोलामा डुबेको खबर पाए लगत्तै ईलाका प्रहरी कार्यालय पोखरीया पर्साबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली गएको थियो ।
प्रहरी टोलीले घटना स्थल, शवजाँच मुचुल्का लगायत प्रारम्भीक अनुसन्धान गरेको छ । शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाई थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।