
कञ्चनपुरको कृष्णपुर नगरपालिका–२, वाणी बजारनजिकै मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
‘अन्टेस्ट’ मोटरसाइकल सडकमा रोकिराखेको ट्रकमा ठोक्किएर शनिबार राति १० बजे दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार कृष्णपुर नगरपालिका–३ का २४ वर्षीय दिनेश राना र २० वर्षीय सुनील रानाको मृत्यु भएको इलाका प्रहरी कार्यालय, झलारीका प्रहरी निरीक्षक साउदले जानकारी दिए ।