545 views 0 secs 0 comments

सुनको जलप लगाई अन्य धातु बिक्री गरी ठगी गरेको आरोपमा दुई पक्राउ…

In समाज
३ पुष २०७६, बिहीबार १३:१७

सुनको जलप लगाई अन्य धातु बिक्री गरी ठगी गरेको आरोपमा सिरहा प्रहरीले हिजो साँझ दुई जनालाई पक्राउ गरेको छ । 
इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले सुनका रुपमा अन्य धानु बिक्री गरी ठगी गरेको आरोपमा धनुषाको गणेशमान चारनाथ नगरपालिका–९ बरमझिया निवासी ३० वर्षीय कुलदीप कुमार गडेरी र सवैला नगरपालिका– १० मखनाहा निवासी २५ वर्षीय प्रदीप साहलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाले मिर्चैया नगरपालिका– ६ स्थित राधाकृष्ण ज्वेलर्स र शिव ज्वेलर्समा सुनका रुपमा अन्य धातुको लकेट बिक्री गरी चाँदीका बाला लिएका थिए । बाँकी रहेको वस्तुसमेत लिएर जाने बेलामा लकेटको सुन परीक्षण गर्दा सुनको जलपमात्र भएको खुलेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सन्तुलाल चौधरीले जानकारी दिए ।